• २०७७ कार्तिक ४ गते मङ्गलवार

ओलीले पार्टी विभाजन गर्न थाले, सरकारमा जाने अबस्था आउँन सक्छ !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुट्ने अवस्थामा पुगेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

देउवाले आफ्ना नेताहरुलाई किन तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् प्रष्ट नभएपनि नेकपाको फुट पछि कांग्रेस सहितको संयुक्त सरकार बन्न सक्ने भन्दै आफ्ना निकट नेताहरुलाई सोको लागि तयार रहन उनले निर्देशन दिएको स्रोतको दावि छ ।

सानेपा स्रोतका अनुसार असार १७ गते बुधबार राती देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेपछि उनले आफ्ना निकटका नेताहरुलाई ओली कै नेतृत्वमा संयुक्त सरकार गठन हुन सक्ने बताएका हुन् ।

‘पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले देउवालाई पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको बताउँदै त्यसपछि उत्पन्न राजनीतिक परिस्थिति कसरी अगाडी बढाउने बारे देउवासँग छलफल गर्नु भएको छ ।’ स्रोत भन्दछ । तथापि, देउवा र प्रधानमन्त्री विचको भेटघाटलाई संबैधानिक निकायमा नियुक्ति बारे मात्र छलफल भएको बाहिर ल्याइएको छ ।

ओलीले पार्टी विभाजन पछि देउवालाई सरकारमा सहभागी हुन आग्रह गरेको र सोहि अनुसार देउवाले पनि आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएको स्रोतको दावि छ ।

प्रतिक्रिया दिनुहोस