• २०७७ कार्तिक ४ गते मङ्गलवार

स्वतन्त्रता !

मलाई पनि घोडसवार गर्नु छ
त्यो अन्तरिक्षमा पुग्नु छ
जहाँ आकाश बादलले
हुलाकी बनी ठेरिराछन्
पुगी त्यहाँ तिनीहरूसँग
मित्रता गास्नु छ
सपनाकी परीलाई भेटेर
सुन्दरताको बयान गर्नु छ
हो मलाई अन्तरिक्षमा पुग्नु छ ।

नक्षत्र बीचको अथवा
दुई ग्रह र तारा बीचको
खै कता खुल्ला मैदानमा
बसेका छौ रे अन्नरिक्ष तिमी
त्यही आएर मित्रता गास्नु छ
कविताले पाउने स्वतन्त्र ।

त्यहाँ आई खोज्नु छ
त्यहाँ जहाँ सुगन्ध छ
जहाँ त्यहाँ पर्खाइ छ
त्यहाँ जहाँ सुन्दरता छ
जहाँ त्यहाँ विवेक छ
त्यहाँ जहाँ सेतु छ
अब केही समयपछि
अन्तरिक्षले स्वतन्त्रा ल्याउँछ ।।

प्रतिक्रिया दिनुहोस