• २०७७ कार्तिक १३ गते बिहिवार

आज बिहानै ऊ निस्के

उनकी श्रीमती चिया दिन धेरै पर्खिन । अँह ! चालचुल छैन । किन यति लामो सुताई ? कोठामा गइन खाली छ । शौचालयमा पनि छैनन् । कति भयो कोठैमा बसी रहने । अरुलाई पनि हिंडडुल गर्न नदिने । आज कि वाल्किङ ? होइन जुत्ता लाठी ट्रेक सुट धोएर राखेका जस्ताका तस्तै छन । फोन व्यस्त भन्दैछ । एक छिन पछि आउलान । पर्खाई भो आएनन् । अब कोठो मजले हेरियो । ठुलो ट्रोली छैन । उनका लुगा फाटो छैन । बाथरुमका ब्रुस, पेस्ट लिएर गएछन । दाह्री काटने सबै सबै ।

“हुलचालमा जिउ जोगाउनु , अनिकालमा बिउ” भनी हिंडने मान्छे । नहुलचाल सकिएको छ, न अनिकालको अन्त भएको छ । अस्तिका दिन भान्सामा पापड खोजेको थियो । घरमा पापड थिएन । हिजो र अस्ति दूध विनाका चियामा धेरै दुखी देखिएका थिए । खानदानी परिवारका थिए गाउँमा । सहर पसेर पनि सुखपुर्वक जीवन धान्दै थिए । यो हैंजा के आयो आयो । कल कारखाना, व्यापार, अफिस, होटल, मल, सबै बन्ध । उनको कम्पनिले दुई महिनाको अधिकतम् वेतन दिएर त्यस अवधि भरी विदा दिएको थियो । दुई तिन चार महिना बिते । स्थिति अझ नाजुक भो । कम्पनि घाटामा पुग्यो । सहर खाली भए । जीवनमा गाउँ माया मारेका साथी संगी सबै गाउँ फर्के । ऊ आशामा बसेकै थिए । एक दिन सामान्य होला ? यही आशा थियो । तर आशा अनुरुप भएन ।
स्थिति जटिल हुँदै गयो ।

ऊ बाहिर निस्कनु परे मास्क लाउँथे । हात धोई रहने । कसैका नजिक नउभिने । कोरोना रोगबाट बाँच्ने दक्षता उनमा थियो । सबैलाई भन्थे , होसियार हुने पर्छ । खान पान रहन सहन साफ हुनु पर्छ ।
तर… आज अकास्मात ? उनका बाल मित्र रेशभ, कम्पनि मालिक छन गाँधीनगरमा । कि गुजरात गए ? होइन कोरोना प्रकोप उता धेरै छ । ऊ मुम्बई मन पराउँथे । आज त त्यता जाने कुरै छैन । त ऊ किन हिंडे त ? रात परयो । आएनन् । भोलि पर्सी उस्तै । फोन लाग्दैन । सहरमा हिंडडुलको पूर्ण छुट छैन । उनलाई कसरी छुट मिल्यो ? गाउँ फर्के त साधन छैन । परिवार छोडने पनि होइनन् । आज कसरी किन कता गए ।

ऊ भन्थे कालका डरले कति लुक्नु ? सबै मानिस थेत्तरा भएर बाहिर निस्कन लागे । कति त भोकले मर्ने भए । कालका डरले पनि भोकै मर्नु परे त त्यहि कालको नाउँ रोग होइन भोकमा परिणत हुन्छ । काल त कालै हो । मर्न देखि डर कि ? रोगाउन देखि ? डरै डरमा थुनिएर लामो बसियो । खानु बस्नु सुत्नु । जीवन पूरै बन्दी । आफन्त इष्ट मित्र , कसैलाई भेटनु छुनु नहुने । सदा एकान्तमा बस्नु पर्ने । काम काज सब ठप्प ।

उकुसमुकुस छ जिन्दगी । हलचल छैन । सबै अ आ्फ्ना घरमा बन्ध । बिस्तारै बन्ध रहँदा रहँदै पनि मानिस लापरवाह हुन लागे । बजार हाट अलि अलि खोलिन लागे । मानिसको जीवन निर्वाह कठिन हुन लाग्यो । आर्थिक स्थिति डाँवाडोल । मानिसले दुख पाउन लाग्यो । सुखका आशा देखिन छोडे । चारै तिर निरासा नै निरासा । मानिस घरमै थुनिएको छ । दैनिक मासिक आयमा चल्ने मानिसलाई धौ धौ हुन लाग्यो । मानिस आतिन लाग्यो । उसले सरकारी निर्देशनहरू बुझ्न सक्न छोडयो । अतालिएका मनहरू भौतारिन लागे । मानिस कहाँ लामो थुनिएर बस्न सक्छ ? लामो समय संयम संग बस्न संयमी हुनु पर्दछ । आफु एक्लै भौंतारिएर आखिर उसले गर्न पो के सक्छ र ? व्यवस्था संग त आखिर मिल्ने पर्छ । स्वस्थ मंत्रालयका निर्देशन मान्नै पर्छ । प्राकृतिक आपदा, युद्ध , रोग आदिका समयका भिन्न भिन्न नियम हुन्छन । ति नियमको पालन गरेकै हुनु पर्छ ।

ऊ घरबाट हिंडयो । न गाउँ पुग्यो, न आफन्त कुनै मित्र कहाँ । बेला बेलै भन्ने गर्दथियो ” यस संसारबाट यसरी हराउन मन पर्छ , कतै गुप्त लुकेर धेरै नामी भएर फुत्त कुनै चमत्कार जस्तो निस्कियौं । कति झंझटमा बाँच्नु ! केहि दिनको जिन्दगी किन पिरोलाइमा बाँच्नु ? “

ऊ बाट केहि चमत्कार होला त ? ऊ यसरी किन अकस्मात् हराए ? मानिस किन उकुस मुकुस बनी केहि दिनकै त्रासमा आफु निरास हुन्छ ? किन ऊ संसारबाट विरक्त हुन्छ ? म सम्झन्छु । त्यसतो धैर्य सहशील मानिस कसरी हराएका ? उनि कता गए त ?

प्रतिक्रिया दिनुहोस