• २०७७ कार्तिक ४ गते मङ्गलवार

बाइफोर्स स्टेप चाल्दैछु, कता लाग्ने निर्णय गर्नुस्- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुविरुद्ध घेराबन्दी भएका कारण कठोर कदम चाल्न लागेको बताएका छन् । ‘वाइ फोर्स कदम चाल्दैछु, तपाईहरुले आफ्नो पोजिसन क्लिएर गर्नुहोस्’ शनिवार साँझ बालुवाटार बोलाइएका मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भने ‘हुल्डरहरुको समुह स्थायी कमिटीले गरेका निर्णय म मान्दिँन, वाई फोर्स कदम चाल्दैछु, तपाईहरु कसको पक्षमा उभिने हो, निर्णय लिनुहोस् ।’

राष्टपति बिद्यादेवी भण्डारीसँग शीतल निवासमा भेट गरेर फर्केका प्रधानमन्त्री ओलीले साँझ मन्त्री र आफ्ना सल्लाहकारसँग छलफल गरेका थिए । वर्तमान परिस्थितिको जानकारी गराउने भन्दै ओलीले मन्त्रीहरुलाई बोलाएका थिए ।

नेकपा स्थायी कमिटीका दुई तिहाई सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । राजीनामा मागेपछि छलफलमा नगई टकरावतिर गइरहेका प्रधानमन्त्री ओलीले फोर्स स्टेप चाल्ने स्पष्टरुपमा बताएको छलफलमा सहभागि एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस