• २०७७ कार्तिक ६ गते बिहिवार

प्रचण्डलाई खाना रुच्नै छाड्यो

नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्धण्द्धले कार्यकारी अध्यक्ष प्रचण्ड तनाबमा देखिएका छन्। घरि प्रधानमन्त्री केपी शर्मा ओली त, घरि माधव नेतालसँग वार्तामा जुटेका प्रचण्ड थकिन बनेका छन्।

पछिल्लो समय नेकपा फुटको संघारमा पुगेको छ। पार्टीलाई फुटबाट जोगाउँन प्रचण्ड सक्रिय बनेपनि प्रधानमन्त्री ओली र अर्का नेता नेपाल मिल्न सकिरहेका छैनन्।

विहानदेखि रातिसम्म भेटघाटमै कुदिरहेका प्रचण्डलाई पार्टी तनाबले खाना समेत नरुचेको उनी निकट एक नेताले बताए। “उहाँलाई पार्टीको बढी चिन्ता छ, कतै फुटि पो हाल्छ कि भनेर – खाना रुच्ने कुरै भएन” – ती नेताले भने।

प्रतिक्रिया दिनुहोस