• २०७७ कार्तिक ९ गते आइतवार

भैंसेपाटीमा खुर्सानी टोक्दै बामदेवले भने- म ओली कै मान्छे हुँ !

शुक्रबार बेलुकी नेकपा उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीमा पूर्व एमाले नेताहरुको डिनर मिटिङ आयोजना भयो। समूमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु सहभागि थिए।

ओली र प्रचण्ड–नेपाल दुरी बढी रहेका बेला गरिएको भोजनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। शुक्रबार ओली समूह सक्रिय देखियो। मिटिङमा सहभागि नेताहरुले गौतमलाई ओली कित्तामा आउँन आग्रह गरेका थिए।

स्रोतका अनुसार गौतमले खाना खाइरहेका बेला खुर्सानी टोक्दै भने – “म ओली कै मान्छे हुँ। आजीवन उहाँकै पक्षमा लाग्ने छु। यसअघि पनि मैले नै उहाँलाई यो ठाउँमा पुर्याएको हुँ।”

प्रतिक्रिया दिनुहोस