• २०७७ कार्तिक ४ गते मङ्गलवार

प्रचण्डलाई प्रधानमन्त्री बनाउँन काठमाडौंमा ‘रअ’ को चुरिफुरी बढ्यो !

भारतीय अतिक्रमणमा परेको नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुराबाट भारतीय सैनिक हटाउँन प्रधानमन्त्री केपी शर्मा ओली चटानी अडानका साथ कुटनीतिक पहलमा लागेका छन्।

भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको अडान पटक्कै मन परेको छैन। यतिबेला ओली भारतीय पक्ष र आफ्नै पार्टीभित्र राजनीतिक घेराबन्दीमा परेका छन्। प्रचण्ड, माधब नेपाल लगायतका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्। पछिल्ला दृश्यले नेकपा फुटको संघारमा पुगेको समेत चर्चा–परिचर्चा सुरु भएको छ।

ओली घेराबन्दीमा परेका बेला काठमाडौंमा भारतीय गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरुले नेकपा नेताहरु एकठाउँमा ल्याउँन माहोल बनाइरहेका छन्। गुप्तचर अधिकारीहरु उपत्यकामा सक्रिय भएको स्रोतको दाबी छ। उनीहरुसँग प्रचण्ड, नेपाल निकट नेता र प्रतिपक्षी नेताहरु ‘रअ’का अधिकारीको संवाद लागेको खुलासा भएको छ।

पछिल्लो दिल्ली चाहाना प्रधानमन्त्रीमा प्रचण्डलाई बनाउँने हो। भारतीय संचारमाध्यमहरुका अनुसार प्रचण्ड अब केही दिनमै नेपालको प्रधानमन्त्री बन्ने छन्। संचारमाध्यमहरुका प्रस्तुतिबाट पनि प्रस्ट हुन्छ कि – प्रचण्डलाई प्रधानमन्त्री बनाउँन भारत सक्रिय छ।

प्रतिक्रिया दिनुहोस