• २०७७ कार्तिक १२ गते बुधवार

प्रचण्ड र नेपाल मिलेर ओली हटाउन खोज्दा भारतमा खुसीयाली !

प्रधानमन्त्री केपी शर्मा ओलीलीलाई पार्टीभित्रै बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र पार्टीबाट राजिनामा मागेपछि भारतीय पक्षमा समेत खुसियाली छाएको छ।

चीनको निकट भई पुरानो नेपाल(भारत सम्बन्ध तोड्ने प्रधानमन्त्रीका रुपमा आरोप खेपिरहेका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको यस्तो रबैयाले भने छिमेकी उत्साहित भएको हो।

भारतीय पक्षले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा संसदबाट भारी मतले पारित परेपछि प्रधानमन्त्री ओलीसँग भारतीय नेतृत्व असन्तुष्ट भइरहेको छ। ओली भारतीय अतिक्रमण र हेपाह प्रबृत्तिसँग नझुक्ने नेता मानिन्छन्।

केहिदिन अघिमात्रै भारत आफुलाई हटाउने खेलमा लागेको संकेत गरेका ओलीलाई प्रचण्ड, माधब नेपाली लगायतका नेताहरुले घेरिरहेका छन्। उनीहरुले ओलीलाई राजिनामा मागेसँगै भारतीय मिडियाहरुमा ओली प्रधानमन्त्रीबाट हट्न सक्ने भन्दै खुसियाली सुरु भएको छ।

भारत निकट प्रचण्ड प्रधानमन्त्री हुन सक्ने बताउदै भारतीय मिडियाले ओलीको पतनले भारतलाई खुसीको खबर दिएको उल्लेख गरेका छन्। पछिल्लो नेपालको राजनीतिमा देखिएको दृश्यले भारतीय राजनीति र कुटनीति क्षेत्रको सफलता भएको मिडियाहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस