• २०७७ कार्तिक १३ गते बिहिवार

मिलौंना कमरेड भन्दै बालुवाटार पुगेका प्रचण्डलाई ओलीको जवाफ– “प्रधानमन्त्री र अध्यक्ष छाड्दिन्नँ बाँकीमा मिलौं”

बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि नेकपा विवादको गाठो कायमै छ।

प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। वार्तामा ओलीले दुवै पद नछाड्ने पूर्ववत् अडान पुनः दोहोर्‍याएका छन्। – स्रोतका अनुसार- भेटमा प्रचण्डले मिलौंना कमरेड भन्दा ओलीको जवाफ थियो: “प्रधानमन्त्री र अध्यक्ष छाड्दिन्नँ बाँकीमा मिलौं।”

बिहीबार पनि ओलीले दुवै पद नछाड्ने र आवश्यक परे अरु विषयमा मात्र छलफल गर्ने बताएका थिए । अचानक संसद् अधिवेशन अन्त्य गर्ने निर्णयपछि दाहाल र महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । भेटमा ओलीले आफूले दुवै पद नछाड्ने बताएका थिए । ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेका थिए ।

प्रतिक्रिया दिनुहोस