• २०७७ कार्तिक ९ गते आइतवार

एक्कासी लद्दाख पुगे प्रधानमन्त्री मोदी !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार मोदी भारतको लद्दाखको चीन-भारत सीमाक्षेत्रमा पुगेका हुन् । उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् ।

अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

सीमा क्षेत्रमा पुगेका मोदीले भने, ‘विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्ति कि परास्त भएको छ कि पछि हटेको छ ।’ उनले आफ्नो भाषणको क्रममा चीनको नाम भने लिएनन् ।

प्रतिक्रिया दिनुहोस