• २०७७ कार्तिक १३ गते बिहिवार

देउवाले भने- “जहाँ पनि हारेको हार्‍यै छ – लाज पनि छैन”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।

गाउँगाउँमा, स्कुल–स्कुलमा संगठन विस्तार नगरी काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघसँग नभएको उनले बताए । पहिला गाउँ र स्कुलमा गएर संगठन विस्तार गरेर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्‍यै छ नेविसंघ लाज पनि छैन ।’

प्रतिक्रिया दिनुहोस