• २०७७ कार्तिक ६ गते बिहिवार

स्वस्थ जीवन पाउनु नागरिकको नैसर्गिक अधिकार हो !

मानिस स्वस्थ छ भने त्यो स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् यदि स्वास्थ्यले साथ दिइरहेको छैन भने त्यो कमाएको धन सम्पत्ति अर्थहिन छ । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ तर अस्वस्थ छ भने पक्कै पनि ऊ सुखी रहन सक्दैन । त्यसैले राम्रो स्वास्थ्य र सुनियोजित जीवनशैलीको लागि जब हामी बिरामी हुन्छु अनि उपचार गरौंला भन्ने मानसिकता हाम्रो मन मस्तिष्कबाट निकाल्नु आवश्यक छ । किनकी जीवनमा सबैभन्दा ठूलो खुशी निरोगी रहनु नै मानिन्छ ।

आज सारा विश्व कोरोना भाइरसको महामारीको कहरमा छ । नेपालमा डाक्टर सुरक्षाकर्मी स्वस्थ्यकर्मी सञ्चारकर्मी र स्वयंसेवकले यो महामारी बिरुद्धको लडाइँ आआफ्नो स्थानबाट दिन रात खटिरहेका छन र आम नागरिक घरमै बसेर भएपनि संघर्ष गर्दै छन् । मानिसले विश्वमा ठूला ठूला हतियारधारी यन्त्र बनाए र पैसा रुपैयाँको पछि भागे तर स्वास्थ्यलाई विषेश ख्याल नराख्दा आज विश्वमा अत्यन्तै डर लाग्दो खतरनाक कोरोना भाइरसले दिन प्रतिदिन ज्यान जानेको संख्यामा बृद्धि भईरहेको छ । त्यसैले स्वस्थ जीवन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु अति उत्तम उपाय हो । यदि अकस्मात कसैलाई रोग लागिहाल्यो भने सो व्यक्तिले चाहेका सम्पूर्ण इच्छा चाहनाहरु बिस्तारै कमजोर हुँदै जान्छन् । तसर्थ अहिले विश्वभर महामारीकोरूपमा फैलिएको कोरोना भाइरस प्रकृया रोकिएन भने जीवन जगतकै अस्तित्व संकटमा आउन सक्ने सम्भावना छ । यस्तै प्रकारले हामीले पनि आफनो स्वास्थ्यको लागि निश्चित नियमहरु बनाएर पालना गर्न जरुरी छ ।

जीवन सुखमय बनाउन र सफता हासिल गर्नका लागि स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखन आजको आवश्यकता हो । जनशक्तिको उत्पादनमा वृद्धि ल्याउने, प्रतिरोधात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिने र चिकित्सा प्रणाली सुदृढ एवं विस्तार गर्ने सरकारको मुलभूत उद्धेश्यका साथै स्वास्थ पहिलो स्थानमा हुनु पर्दछ । हरेक नेपाली नागरिकले स्वस्थ जीवन बाँच्न पाउने आर्थिक, भौतिक नैतिक र सामाजिक परिवेशको निर्माण गर्न शून्य प्रतिशत जनतालाई उच्चतम प्राथमिकता दिई प्रतिकारात्मक तथा उपचारात्मक सेवा पुर्याउने वर्तमान सरकारको प्रतिवद्धता रहनु प्रद्छ । साथै प्राथमिक स्वास्थ्य सेवाको माध्यमबाट ग्रामीण जनताको स्वास्थ्यको स्तरमा वृद्धि गर्न, जनसंख्या नियन्त्रणको लागि परिवार नियोजन र मातृशिशु कल्याण कार्यक्रमलाई प्रभावकारीरूपले ग्रामीणस्तरसम्म सञ्चालन गर्ने र ग्रामीण जनतालाई आधुनिक चिकित्सा प्रणाालीका सुविधाहरूसम्म पुग्ने अवसर प्रदान गर्नुनै अब स्वास्थ्य सेवाको महत्वपूर्ण भुमिका हुनेछ ।

नेपाल सरकारले अहिलेको कोरोना महामारीललाई मध्यनजर गर्दै आगामी २ वर्षभित्रमा प्रत्येक स्थानिय तहका सम्पूर्ण वडा र गाउँसम्म सुविधा सम्पन्न हेल्थपोष्ट स्थापना गर्नु र उक्त हेल्थपोष्टबाट एकीकृत रूपमा उपचारात्मक सेवा प्रदान आम नागरिकलाई निःशुल्क हुनुपर्छ । जनशक्तिको उत्पादनमा वृद्धि ल्याउने, प्रतिरोधात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिने र चिकित्सा प्रणाली सुदृढ एवं विस्तार गर्ने नेपाल सरकारको प्रमुख मुलभूत उद्धेश्यलाई पूर्ति गर्न स्वास्थ्यका नीतिगत सिद्धान्तहरू तर्जुमा गरिएको हरेक मानिसले हेर्न चाहन्छ ।

मानिस सुख र सफलताको खोज गर्दागर्दै दुःखमा पुग्छ । यसको मूलकारण जीवनको मर्मलाई पूर्णरूपमा बुझ्न नसक्नु हो । तसर्थ जसरी हाम्रो शरीरलाई प्रत्येक दिन राम्रो र मीठो खाना आवश्यकता पर्दछ । त्यसैगरी हाम्रो मस्तिष्कलाई पनि हरेक दिन राम्रो विचारको आवश्यकता पर्दछ ।

नेपाली प्रगतिशील नेपाली समाज भारतका केन्द्रिय समिति सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस