• २०७७ कार्तिक ४ गते मङ्गलवार

भारतको उत्तरप्रदेशमा अन्धाधुन्द गोली चलाएर ८ प्रहरीको हत्या

उत्तरप्रदेशको कानपुरमा आठ प्रहरीको हत्या भएको छ। बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन्। केही प्रहरीहरु घाइते छन्। उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ।

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए। ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो। यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ। दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस