• २०७७ कार्तिक १५ गते शनिवार

मन्त्री बर्षमान पुनको जिल्लामा यस्तो बन्छ १८ लाखको मन्दिर !

सामाजिक संजालमा सक्रिय भीम उपाध्यायले फेसबुकमा रोल्पा जिल्लामा बनाइएको एक मन्दिरको तस्बिर सार्वजनिक गरेपछि चर्चा सुरु भएको छ।

मन्दिरको तस्बिर उर्जा, सिचाई तथा जलस्रोत मन्त्री बर्षमान पुनको रोल्पाजिल्ला रोल्पाको हो। यो मन्दिर जिल्लाको परिवर्तन गाउँपालिका राङसीको बताइएको छ। मन्दिर १८ लाखमा बनेको भीम उपाध्यायले फेसबुकमा उल्लेख गरेका छन्।

मन्दिर हेर्दा कुनैपनि तरिकाबाट १८ लाख लागत लागे जस्तो देखिदैन। मन्दिरसँगै उपाध्यायले फेसबुकमा लेखेका छन् – रोल्पाको परिवर्तन गापा राङ्सीमा रू १८ लाखमा बनेको मन्दिर। मन्दिरको कुनै स्वरूप र आकृति देखिदैन।

मन्त्री कै जिल्लामा यस्तो छ बिकासका नाममा हुने आर्थिक दोहोन अरु ठाउँमा त झन् के कुरा गर्नु ?

प्रतिक्रिया दिनुहोस