• २०७७ कार्तिक ६ गते बिहिवार

सन्दर्भ मातृभूमि प्रस्थानको !

खुसीले भन्दापनि हाम्रो वाध्यता र आवश्यकताका कुराहरु परिपुर्ति गर्ने उदेश्यलाई बोकेर हामी प्रदेशको भुमिमा आएका हौ। कतिपयका उदेश्य परिपुर्ति हुन्छन् पनि, कसैका हुदैँनन पनि, आखिर सुख–दुःख जे पर्दापनि मन,मस्तिष्क र जवानमा त्यही हुन्छ त्यो हो मातृ शब्द – यो कसैलेपनि चाहादा–चाहादै पनि भुल्नै सक्दैन। यो शव्द विशाल छ – भावना र स्वाभिमानसँग पनि जुडेको हुन्छ।

यतिबेला विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ ले गर्दा रोजगारी, अध्यन र व्यवासयीको सिलसिलामा विश्व भरिमा छरिएका नेपालीहरुको पनि मातृभूमि फर्किने लर्को नै लागेको देखिन्छ।

विदेशको पीडा अवगत हुदाँको बावजुद पनि आफ्नो उब्जाउ जमिन जग्गालाई बैंकमा धितो राखेर विदेशमा गएर पैसा कमाउने अटोट गरेर समृद्ध बन्ने चाहानालाई भने कोभिड–१९ ले ब्रेक लगाएकै हो, र नेपाली युवाहरूलाई पिडाका साथ स्वदेश फर्किन वाध्य बनाएकोछ। तर, पिडा भने स्वदेश फर्किनाको होइन, पिडा त्यस्को जो बैंक वा साहुको चर्को ब्याज दर वा आफ्नो कमाइ खाने उब्जाउ खेतलाई बेचेर पैसा कमाउन प्रदेश गएको पिडा हो, र फर्किदा साहुको ऋण तिर्न नत हातमा पैसा छ, नत पुर्जामा खेत रहेको अवस्थामा अब के गर्ने भन्ने कुरामा चिन्तित हुनु स्वाभाविक कै पनि हो।

कोभिड–१९ को बिषम परिस्थिति त छ्दैछ, त्यसको साथ–साथै आर्थिकको अवस्था पनि त्यो भन्दा कम देखिदैन्। अवस्था जस्तो सिर्जना भएपनि नेपाली युवाहरुले त्यसको सामना सहज रूपमा लिदै आएका ठुलो–ठुलो उदाहरण जीवीत नै छन्, सोकलाई शक्तिमा बदल्ने बखुवी जानेका हाम्रा नेपाली युवाहरुले, अहिलेको जटिल परिस्थितिलाई पनि शक्तिमा बदल्ने छन भन्ने आशा छ, र बदल्नु पर्छ भन्ने मेरो सुझाव पनि रहेकोछ, अब आगामी दिनहरु गाउँमै बसेर केही नयाँ सिर्जत्मक कार्य गर्नु हुनेछ भन्ने अपेक्षा पनि राखेकोछु।

त्यसै सिलसिलामा अध्यनको रूपमा ग्रेजुयट, बालबालिका र समाजलाई दिशा दिनसक्ने पुर्व शिक्षक भएतापनि, हाम्रो देशमा रहेको बेरोजगारी र चरम राजनीतिको चपेटामा परेर प्रवासीन वाध्या भएका, भारतमा निम्न खालको रोजगारी गर्नुपरेको अवस्थाको पिडालाई शक्ति बदल्दै, अनुभवमा प्रयोग गर्ने उदेश्यका साथ भारतको बसाइलाई बिट मार्दै र अब आगामी दिनहरूमा सकेसम्म स्वदेश मै केही गर्नुपर्छ भन्ने मनसायका साथ स्वदेश तिर प्रस्थान गर्नुभएका अन्तर्राष्ट्रिय साझा सद्भाव समुह महाराष्ट्र गुजरात सयुक्त राज्य समितिका प्रथम संयोजक स्नेह भतिज भरतप्रसाद भट्टराईको स्वदेशको यात्रा सुखद, सफल, आरामदायी र स्वास्थ रहोस भन्ने कामनाका साथै, आगामी जीवन र स्वदेशको बसाइमा आउने वाधा अर्चन सहज रूपमा सामना गर्ने शक्ति ईश्वरबाट प्रदान होस्, स्वदेशको बसाई प्रगतिशील होस, समृद्ध बनोस् र समाजमाको न्यायको लागि सधै अगाडी बढने शक्ति प्राप्त होस, निष्ठा,ईमानदार र वैकल्पिक राजनीतिक विचारमा कुनै आच नआओस् भन्ने कामनाका गर्दछु।

प्रतिक्रिया दिनुहोस