• २०७७ कार्तिक ६ गते बिहिवार

दुनिया गोरु ठान्छन! एउटा पद छोडे चै योग्य हुने ?

सरकार नछोडे पार्टी अध्यक्ष छाड्नु पर्ने माग । अर्कोतिर सरकारले काम गर्न नसकेकाले राजीनामा दिनु पर्ने । दुनिया गोरु ठान्छन । एउटा पद छोडे चै योग्य हुने ।

किन प्रम बेकामे हुनु भो?
बिकासका काम गर्न सक्नु भएन ।
बिदेशीसंग झुक्नु भो ।
पद टिकाउन भारतसंग कम्प्रोमाइज गर्नु भो ।
यस्ता कुरा सुन्नु भो?
हैन । किन प्रम ठिक हुनु भएन?

– उहाँमा अहङकार बढी भो
– उहाँमा घमन्ड धेरै छ ।
– अरु त ठिक छ तर हामीलाइ हेप्छ क्या ।
– हामीलाइ सोधपुछ गर्नु भएन !
– आफ्नो ढंगले मन्त्री, राजदुतमा नियुक्त गर्नु भो, हाम्रा मान्छे नियुक्त गर्नु भएन ।
– समयमा बैठक राख्नु भएन ।
– बैठक बस्दा मेरो कुर्सी अलिकति अगाडी राख्नु भो ।
– आफ्नो आसनमा सोफा, हामीलाइ सामान्य कुर्सी राख्नु भो ।
– टेबलमाथी फरक रंगको कपडा (आफुलाइ रातो, अरुलाइ सेतो) राखेर बिभेद गर्नु भो ।

यस्तै-यस्तै । स्थायी कमिटीमा यस्तै बिषय छलफल हुन्छ ।

म चै जनताका जनजीविका, बिकास र उन्नतिका गहन छलफल र दिशा निर्देश खोज्छु । बिषय हेर्दा लाज, घ्रिणा र आक्रोस एकै पटक प्रकट हुन्छ । ए दैव ! टाउकोको टुप्पि टोपिबाट बाहिर निस्केका गरीव, बिध्यालय जाँदा कट्टुबाट माछो बाहिर निस्केको बालकको बिषयमा यो मुलुकका नेताले कहिले मन्थन गर्लान? म त कसैलाइ गाली गर्ने हैसियतमा पनि छैन । आफैलाइ धिक्कार्छु- म कस्तो नागरिक गतिलो नेता छान्न सक्दिन।

प्रतिक्रिया दिनुहोस