• २०७८ साउन १२ गते मङ्गलवार

अखिल भारत प्रवासी नेपाली संघ पन्जाब-हिमाचल समितिद्धारा एमसिसी फिर्ता गर्न सरकारसँग माग

अखिल भारत प्रवासी नेपाली संघ पन्जाब हिमाचल संयुक्त राज्य समितिले एमसिसी परियोजना देशमा लागू नगर्न नेपाल सरकारसँग माग गरेको छ।

समितिका उपाध्यक्ष फर्सुराम घिमिरेकाे तर्फबाट जारी प्रेस विज्ञप्तिमा एमसिसी नेपालको पक्षमा नभएको भन्दै यसलाई फिर्ता गर्न सरकारसँग माग गरेको उल्लेख गरिएको छ। संघले कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद समस्या समाधान गर्न कुटनैतिक वार्ताकाे वातावरण बनाउन समेत सरकारलाई अाग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस