• २०७७ कार्तिक १३ गते बिहिवार

अबकाे विकल्प हिन्दुराज्य सहितको राजतन्त्रको हाे – प्रचण्ड, देउवा र केपीले देश बर्बाद बनाए

नेपाली कामगार सेना भारतका अध्यक्ष मास्टर थापाले
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र नेता प्रचण्डबीचकाे कुर्सी लडाइँले देशमा हिन्दु राज्यसहितकाे राजतन्त्र पुनःस्थापना हुने बताएका छन्। हिन्दुराज्य र राजतन्त्र नेपाली जनताको आबश्यकता भएको समेत स्पष्ट पारेका छन्।

राजतन्त्र नै नेपाल र नेपाली जनताको हितमा रहेको उनले स्पष्ट पारे। अब कुनैपनि हालतमा देशमा राजतन्त्र फर्किने उनले दाबी गरे। राजाका छेउछउमा बस्नेहरुले राजालाई चिन्ने अवसर दिएनन् – उनले भने। अहिले राजपरिवारले सबै कुरा राम्रोसँग बुझेको जानकारी दिए।

हिन्दुवादी अभियन्ता मास्टरको कमल थापाप्रति निकै नै गुनासो छ। उनी कमल थापालाई सत्ता मोहमा लुप्त र असफल राजनीतिज्ञका रुपमा चित्रण गर्छन्। “अबकाे विकल्प हिन्दुराज्य सहितको राजतन्त्रको हाे – प्रचण्ड, देउवा र केपीले देश बर्बाद बनाए- उनले भने।

प्रतिक्रिया दिनुहोस