प्रधानमन्त्री केपी शर्मा अाेलीलाई पार्टीभित्रै बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र पार्टीबाट राजिनामा मागेपछि भारतीय पक्षमा समेत खुसियाली छाएकाे छ।
चीनको निकट भई पुरानो नेपाल-भारत सम्बन्ध ताेड्ने प्रधानमन्त्रीका रुपमा अाराेप खेपिरहेका अाेलीलाई नेपाल कम्युनिस्ट पार्टीका नेताहरूकाे यस्तो रबैयाले भने छिमेकी उत्साहित भएको हाे।
भारतीय पक्षले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितकाे नक्सा संसदबाट भारी मतले पारित परेपछि प्रधानमन्त्री अाेलीसँग भारतीय नेतृत्व असन्तुष्ट भइरहेको छ। अाेली भारतीय अतिक्रमण र हेपाह प्रबृत्तिसँग नझुक्ने नेता मानिन्छन्।
केहिदिन अघिमात्रै भारत अाफुलाई हटाउने खेलमा लागेको संकेत गरेका अाेलीलाई प्रचण्ड, माधब नेपाली लगायतका नेताहरुले घेरिरहेका छन्। उनीहरुले अाेलीलाई राजिनामा मागेसँगै भारतीय मिडियाहरुमा अाेली प्रधानमन्त्रीबाट हट्न सक्ने भन्दै खुसियाली सुरु भएको छ।
भारत निकट प्रचण्ड प्रधानमन्त्री हुन सक्ने बताउदै भारतीय मिडियाले अाेलीकाे पतनले भारतलाई खुसीको खबर दिएकाे उल्लेख गरेका छन्। पछिल्लो नेपालकाे राजनीतिमा देखिएकाे दृश्यले भारतीय राजनीति र कुटनीति क्षेत्रकाे सफलता भएको मिडियाहरुकाे दाबी छ।