• २०७७ कार्तिक ४ गते मङ्गलवार

सत्ताको लागि देशलाई नोक्सान हुने काम कसैबाट नहाेस् !

अहिले विश्व लगायत हामी सबै कोरोना महामारीको चपेटामा छौ। अहिलेको परिवेशमा राष्ट्रिय एकताको खाचो छ । तर दुखको कुरा सरकार विरुद्ध आफ्नो देशको सम्मानीय प्रधानमन्त्रीको विरुद्ध विभिन्न बहानामा सडक र सदनमा उत्रेर राष्ट्रियता कमजोर बनाउने काम कतैबाट नगरौ,आज एउटा सत्ताको कुर्सीको लागि देशलाई नोक्सान हुने काम कसैबाट नगरौ । शत्रुले आक्रमण गर्दा हमेशा अर्को पक्षको आन्तरिक कमजोरीलाई हतियार बनाउने गर्छ र त्यही अहिले हाम्रो देशमा हुदैछ जस्तो मलाई लाग्छ । आज सीमा विवाद र नागरिकता विधेयकको विषय दक्षिणी छिमेकीलाई कत्ति पनि पचेको छैन । आजकल हामी भारतमा बस्ने देशभक्त नेपाली नागरिकहरुलाई कदम-कदममा भारतीयहरुले विभिन्न खाले प्रश्न देखि भारतीय न्युज च्यानलले प्रसारण गरेका भ्रामक समाचारको आधारमा नेपाल र नेपाली प्रति विभिन्न टीका-टिप्पणी गर्ने गर्छन,हामीलाई अप्ठ्यारो छ,कोरोनाको कारण चाहेको बेलामा स्वदेश फर्कन सक्ने स्थिति पनि छैन र अपमानित भएर सहन पर्ने बाध्यता छ । फेरि पनि देशको जिम्मेवार नेताहरूबाट पार्टी र राष्ट्रलाई कमजोरी बनाउने काम कसैबाट नहोस, हामी प्रवासमा बस्ने नेपालीहरु देशभित्रका हरेक गतिविधि प्रति चिन्ता र चासो लिएका छौ, निजी राजनैतिक स्वार्थ भन्दा माथि राष्ट्रिय हितको लागि हामी सबै आ-आफ्नो स्थानबाट उठेर यी नेपालप्रति कुचेष्टा राख्ने बाह्य शक्तिलाई परास्त गरौ..!

प्रतिक्रिया दिनुहोस