• २०७७ कार्तिक ६ गते बिहिवार

विश्वासघात

आफ्नै सपनामा बगि रहेको
यो रातलाई
फूलबारीको सपनामा
हराउन मन लाग्छ
बेमौसममा वर्षिएको बादलमा
एउटा नाम मात्र गुन्जिएको छ
अनि म त्यही नाम दोहोऱ्याइ रहन्छु

जब म जित्न चाहन्थें कसैसंग
तिमी मलाई हराई दियौ
अब म तिमीसंग जीवन बिताउन चाहँदा
तिमी मलाई धोका दिएर जाने रे!
यो तिम्रो कस्तो नियती हो
एउटा सोच्यो अर्को गरि दिन्छौ
तिमी मलाई बाँच्न नसक्ने बनाई दियौ
तर!म बाँचेर देखाउने छु

मेरो दु:खमा खुब रमायौ तिमी
दुई कदम अगाडि बढ्न खोज्दा
मेरो हात खुट्टा समायौ तिमी
सायद तिमी मलाई कहिलै अगाडि बढेको देख्न चाहेनौ

मेरो खुसी तिमीलाई कहिले मन परेन हैन?
मलाई खुब बेहाल बनाइ दियौ तिमीले
तर म कहिले पछि हट्ने छैन
तिमीले मलाई साथ नदिएपनि
मेरा माता पिताले मेरो साथ छोड्नु हुने छैन

तिमीलाई मैले कति विश्वास गरेकी थेँ
तर तिमीले मसंग विश्वास घात गरेका रहेछौ
अब तिमी मेरो जीवनमा नभएपनि पुग्छ
मलाई हौसला र प्रेरणा दिने
मेरा जनक जननी छँदै छन् ।

– मोगाउँ शाखा (म्यान्मार)

प्रतिक्रिया दिनुहोस