• २०७७ कार्तिक ६ गते बिहिवार

ब्यक्तिगत सहयोगमा- जसले अछामका २ नगरपालिकामा स्वास्थ्य सामाग्री पठाए

नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै प्रवासी नेपालहरुको जन्मभूमिप्रति साचो बढेको छ। पछिल्लो समय कोरोना भाइरस अनियन्त्रित ढंगले तिब्र गतिमा फैलिरहेको परिस्थितिमा मुम्बईमा सामाजिक कार्यमा सक्रिय केही नेपालीहरुले अछामका दुई नगरपालिकामा स्वास्थ्य सामाग्रीहरु पठाएका छन्।

जिल्लाका मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकामा संयुक्त नेपाली महासंघका अध्यक्ष भरत रावल, पूर्वअध्यक्ष जगत बहादुर सिंह, उपाध्यक्ष धीर रावल, पूर्वउपाध्यक्ष मीन बोहोरा, महामन्त्री पूर्ण कुवँर, सदस्यहरु मोतिसिंह साउद, करन बोहोरा, गणेश रावल (जुपु), कृष्ण रावल, सुरत रावल, गणेश रावल, सुरेन्द्र ढुंगाना (युके) र राष्ट्रवादी विकासशील अभियान भारतका केन्द्रीय कोषध्यक्ष डा. टेक चाड लगायतले ब्यक्तिगत सहयोगमा ७५ नग पीपीई किट र ४ सय नग हाते ग्लोब पठाएका हुन्।

कोरोना महामारीका समयमा कार्यरत स्वस्थकर्मीहरुको सुरक्षाका लागि ब्यक्तिगत आर्थिक सहायतामा मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकामा स्वास्थ्य सामाग्री पठाएको संयुक्त नेपाली महासंघका अध्यक्ष भरत रावलले नेपालन्यूज दैनिकलाई जानकारी दिए।

मुम्बईबाट स्वास्थ्य सामाग्री नेपाल पठाउन नामकर खनाल र रमेश विश्वकर्मा लगायत बस सञ्चालकहरुले निःशुल्क सहयोग गरेको सामाजिक अभियन्ताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस