• २०७७ कार्तिक १२ गते बुधवार

मुम्बईबाट गएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। बर्दघाट–२ का ४५ वर्षीय पुरुषको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टाइनमा रहेका ती व्यक्ति दुई दिन अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए।

शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएकोमा अाइतवार बिहान पाँच बजेतिर अस्पतालमै मृत्यु भएको बर्दघाट नगरपालिकाका स्राेतले जानकारी दिएकाे छ।

स्वास्थ्यमा समस्या आएपछि उनका दाजुले उनलाई रातिनै अस्पताल पु¥याएका थिए। ती व्यक्तिमा ब्लड प्रेसरको समस्या रहेको बताइएको छ। मृतकको शव निकालेर कोरोना संक्रमण भएको हो होइन भनी परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको पनि मेयर शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस