• २०७७ कार्तिक १४ गते शुक्रवार

मुम्बईमा कोरोना त्रास र नेपालीहरुको कस्टकर दैनिकी

कोरोना भाइरसको त्रासमा बाँचिरहेका छौं। आजकाल जन्मभूमिभन्दा अलि टाढा कर्मभूमिमा त्रासै-त्रासकाबीच कस्टकर दैनिकी चलिरहेको छ। कोरोना पूणर्रुपमा कहिले अन्त्य होला – यसको जवाफ कसैसँग छैन। एक्कासी संसारभर फैलिएको कोरोना भाइरसका कारण प्रायः देशहरु लकडाउनमा गुज्रिरेहका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना दक्षिण एसियापनि अछुत रहेन। यसको प्रभाव नेपाल, भारत, पाकिस्तान लगायत देशहरुमा दिनानुदिन बढिरहेको छ। नेपालपनि कोरोना खोजिममा संर्घषरत छ। कर्मभूमि भारतको अबस्था अत्यन्तै नाजुक बनेको छ। भारत कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

कोरोना महामारी खेपिरहेका देशहरुको सुचिमा भारत उच्च अंकमा रहेको छ। भारतमा समेत दिल्ली र मुम्बई सबैभन्दा खतरामा छन्। अझ् भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको पछिल्लो अवस्था हेर्दा उदेकलाग्दो छ। दिल्ली र मुम्बईमा प्रवासी नेपालीहरुको राम्रो सहभागिता छ। यहाँ रोजगारीमा कार्यरत नेपालीहरुको पछिल्लो अवस्था दयनीय छ। कोरोना कहरले मुम्बई लामो समयदेखि लकडाउन हुदाँ नेपालीहरु मारमा परेका छन्।

कामविहिन बनेका नेपालीहरु आर्थिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत तनाब झेलिरहेका छन्। कोरोना संक्रमित हुनेहरुको संख्या बढ्दो छ। भारतमा संक्रमितहरुको संख्या अहिलेसम्म पाँच लाखभन्दा बढी पुगेको छ। त्यस मध्ये महाराष्ट्र राज्यमा सबैभन्दा धेरै एक लाख ५९ हजारभन्दा बढी संक्रमितहरु फेला परेका छन्। मुम्बईमा बढ्दो कोरोना त्रासले नेपालीहरुको दैनिकी कस्टकर बनेको छ। भारतमा नेपाली दूतावास भएपनि महामारीको बेला गतिबिधि शून्य देखिन्छ। यस्तो अवस्थामा समेत प्रवासमा रहेका नेपालीहरुका लागि राज्यले चासो नदेखाउनु दुःखद कुरा हो।

मुम्बई काम गर्ने केही नेपालीहरु संकटकै बीचमा नेपाल पुगेपनि यहाँ बस्नेहरुले अप्ठेरो थेगिरहेका छन्। उनीहरुको काम गर्ने बाटो नै लकडाउनले बन्द गरिदिएको छ। लकडाउन कहिलेसम्म जारी हुन्छ – त्यो समेत थाहा छैन। मुम्बईमा बसोबास गर्ने नेपालीहरुको पछिल्लो अबस्था कोरोना त्राका साथ कस्टकर बनिरहेको न सरकारले देखेको छ – नत दूतावास नै बुझ्छ। तर, पनि थुप्रै चुनौतिकाबीच संर्घष गर्नुपर्ने प्रवासी नेपालीहरुको बाध्यता छ।

प्रतिक्रिया दिनुहोस