• २०७७ कार्तिक ६ गते बिहिवार

केही दिनको सतर्कता र सचेतले सलहको प्रकोपवाट वालिनाली जोगाउन सकिन्छ!

आज मिति २०७७ साल असार १३ गतेका दिन भारतबाट सलह किराको ठूलो झुण्ड प्रदेश नं. ५ को रुपन्देहीबाट प्रवेश भई तराई तथा मध्य पहाड क्षेत्रको खेतवारीमा लगाएका वालीनालीलाई व्यापक क्षति गरी कृषि क्षेत्रमा प्रतिकूल असर पार्ने अवस्था देखिएको छ ।

यो किरा कुनै ठाउ विशेषमा स्थिर रहेर नवस्ने स्वभावको भएको कारणले केही दिन आफ्नो खेतवारीको निगरानी गर्नु आवश्यक छ । हाल धानको रोपाइ भईरहेकोले अझै धानको व्याड राखिएको अवस्था भएमा उक्त व्याडलाई कपडा वा प्लाष्टिकले छोपेर सुरक्षित राख्न उचित हुन्छ ।

सलह किरा नियन्त्रणका लागि खेतवारीमा धुवाउने, आगो बाल्ने, तत्काल उपलव्ध हुने विभिन्न माध्यमबाट ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतवारीको वारपार टाँगेर दुवैबाट बालीनालीका बोटहरू हल्लाइदिने, हास तथा चराहरूलाई किरा खान वातावरण तयार गर्ने, सलह उडनु अघि सवेरै विहान बाली खानुभन्दा पहिलै खेतबारीबाट सलहलाई धपाउने, प्रभावित क्षेत्रका कृषकहरूलाई सलह किरा संकलन गरी पशुपंछी तथा मत्स्य दानाको रुपमा प्रयोग गर्ने, पातमा जैविक विषादी वा गन्ध आउने वा टासिने वस्तु प्रयोग गर्ने, झूल र जालमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न सकिन्छ। अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्न उचित हुन्छ।

प्रदेश सरकारले सलह किरा छोपेर वुझाउनेलाई प्रोत्साहन स्वरुप रु २० दिने निर्णय पनि गरेको छ । वसेको वेलामा सजिलै समात्न सकिन्छ । केही दिनको सतर्कता र सचेत पहलकदमीवाट सलहको प्रकोपवाट वालिनाली जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस