• २०७७ कार्तिक १४ गते शुक्रवार

नेपालको पानीबिना भारतको खेतबारी सुख्खा भएर भोकभोकै मर्ने हुन्छ !

पूर्वसचिव भीम उपाध्यायले नेपाल भारतसंग नभई भारत नेपालसंग परनिर्भर रहेको बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत विभिन्न ८ तथ्य सहित आफ्नो विचार व्यक्त गरेका छन । यीनै तथ्यको आधारमा नेपालीहरूले आफ्नो मनोबल विगतमा जस्तो हिन राख्न जरूरी नभएको उनले उल्लेख गरेका छन । ‘यहॉका निकम्मा, कबाडी, भ्रष्ट, अक्षम नेताहरूलाई बरू अरू देशको अंगिकृत नागरिक बन्न धपाईदिने हो भने नेपालले दिन दुना रात चौगुना प्रगति गर्नेछ।’उपाध्यायले लेखेका छन । यस्तो छ उनको विचार :

नेपाल भारतसंग हैन भारत नेपालसंग परनिर्भर छ।

१. नेपालमा भारतीयका १६० भन्दा धेरै ठूला कम्पनी र उद्योग खोलेर संचालित छन्।

२. भारतबाट नेपालीले कमाएर ल्याउने रेमिटेन्स भन्दा भारतीयले नेपालबाट कमाएर लैजाने रेमिटेन्स ३ गुणा बढी छ।

३. विदेशबाट नेपालमा निर्यात हुने बस्तुको ८०% मूल्य बराबर भारतले नेपालमा निर्यात गर्छ।

४. नेपालको पानीबिना भारतको खेतबारी सुख्खा भएर भोकभोकै मर्ने हुन्छ।

५. नेपालले पाउने बैदेशिक आर्थिक सहयोगमध्ये भारतले दिने बैदेशिक सहयोग नेपालको लागि सामान्य छ, खासै धेरै छैन।

६. लाखौं नेपाली वर्षेनी भारतमा उपचार गर्न घुमफिर गर्न र तिर्थ गर्न र उचाच शिक्षा प्राप्त गर्न जाने भएकोले भारतले नेपालबाट अर्बौंको पर्यटकीय आम्दानी मनग्गे गरिरहेको छ।

७. नेपालको बजेट अहिले वैदेशिक अनुदान भन्दा ऋणमा ९ गुणा बढी छ। भारतबाट आउने सहयोग कागजी मात्र छ, तिनका झमेलाका कारण खासमा खर्च नै हुने गर्दैन। त्यस्तै, कसैबाट ऋण लिएको भिख हुदैन, ब्याज र सावॉ तिर्न पर्ने गरी लिएको लगानी हो।

८. भारतको अब्बल ५० हजार सैनिक नेपाली गोर्खा हो, जसको उपस्थितिले भारत र नेपाल दुबै मुलुकको रक्षा भइरहेको छ।

त्यसैले नेपालीहरूले आफ्नो मनोबल विगतमा जस्तो हिन राख्न जरूरी छैन। यहॉका निकम्मा, कबाडी, भ्रष्ट , अक्षम, गवॉर नेताहरूलाई बरू अरू देशको अंगिकृत नागरिक बन्न धपाईदिने हो भने नेपालले दिन दुना रात चौगुना प्रगति गर्नेछ।

प्रतिक्रिया दिनुहोस