• २०७७ कार्तिक ६ गते बिहिवार

रुकुम-जाजरकोट हत्याप्रकरणमा राजनीतिक गर्नेहरु होसियार !

भेरी नदिमा हत्या गरि फालिएका ६ जना युवाको लास माथी राजनीति गर्नेहरु होसियार… जेष्ठ १० गते इतिहासकै नरसंहारको रूपमा घटेको नेपाली समाजको लाज मर्दो र दुखदायी घटना जहाँ एउटा युवक र युवतीको चोखो प्रेमलाई जातरुपी पर्खाल लगाएर परिवार र समाजले अस्विकार गरि हत्या गरेको घटनाको बर्णन गर्न कुनै शब्द छैन ।

न्यायको लागी ६५ लाख दलित समुदायले आन्दोलन नै गर्नु पर्ने बिडम्बना र नियती नै बनेको यो घटनालाई केही राजनीतिक तत्वले यो घटनालाइ न्यायको पक्षमा भन्दा बढी राजनीतिक श्रेय, राजनीति आन्दोलन सत्तापक्ष र प्रतिपक्ष बनेर दुइधारको आन्दोलन गर्नु , कोही नेता, सांसद र केही मै हुँ भन्ने दलितका ठेकेदारहरु नबोल्नु , NGO करण र राजनीतिकरण गर्नु यो आफैं घिनलाग्दो र लाजलाग्दो बनेको छ ।

राजनीति पार्टी भन्दा माथी उठी सामाजिक अस्तित्वको लडाइमा होमिन सक्ने कि नसक्ने ? यो प्रश्न पहिला आफैंलाई गरौ ?

जुन पार्टीले एउटा समुदायको जातीय बिभेदको मुद्दालाई पार्टीको एजेन्डा बनाउन सक्दैन त्यही पार्टीमा दलितकै नामबाट राजनीति गर्न जरुरी के का लागी ?

राजनीति पार्टीको एजेन्डा भन्दा आफ्नो समुदायको सामाजिक अस्तित्व ठूलो हो भनी होमिन सकिँदैन भने दलितका नामबाट राजनीति गर्न छो्डदा राम्रो होला ।
एउटा कुरा सबैको ध्यान जावोस् रुकुम हत्याकाण्ड कसैलाई राजनीति गर्न , सांसद , मन्त्री बन्न र बनाउन , कसैलाई कमाउन र हाइलाइट हुन घटेको घटना होइन ।

यस्ता घटनामा कसैले राजनीतिकरण गर्छ भने अब स्वतन्त्र युवाहरु उठिसकेका छन् जहाँ राजनीति पार्टीको दबाब , प्रभाव , रवाफ र लालचमा नफसी नितान्त न्यायको पक्षमा स्वतस्फूर्त र स्वतन्त्र नागरिक युवाहरु देशभरीबाट उठेका छन् र उठने छन् ।

केही तत्व रुकुम घटनालाई कमजोर बनाउने र आफ्ना स्वार्थ पूरा गर्ने योजनामा लागेको देखिरहेका छौ ।

यस्ता तत्वलाइ खबरदार… राजनीति न्यायको पक्षमा गर्ने हो, न्यायको पक्षमा उभिन सक्नु पर्छ, जाजरकोटका ६ जना युवाको लास माथी राजनीतिको खोल ओढी आफ्ना स्वार्थ पूरा गर्न तिर नलाग अब उठदै छन् युवाहरु निरन्तर न्यायको लडाइँमा निस्पक्ष उभिने युवाहरु धेरै जन्मेका छन् ।

(यो लेखाइ होम कोरोन्टाइनबाट हो जब केही दिनमा बाहिर निस्कन्छु बिचसडकबाटै नाम सहित भन्नेछु ।)

धन्यवाद !

प्रतिक्रिया दिनुहोस