• २०७७ कार्तिक १२ गते बुधवार

अनिकाल निम्त्याउने सलह, बिहार हुँदै नेपाल प्रवेश

भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको छ । बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ ।

सलह किराको आकस्मिक सुरूआत १२ नोभेम्बर, २००७ मा सुडानको उत्तरी भागमा पहिलो पटक देखिएको थियो र आज फेरि १३ वर्षपछि कोरोनाले आर्थिक गतिविधि अस्तव्यस्त पारिरहेको समयमा सलह नामक फट्याङ्ग्राले बालीनाली नै नाश गरी खाध्य संकटतर्फ मोडिने खतरा बढेको देखिन्छ ।

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपाल छिरेको हो । यसबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ । सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ।

सलह बथानमा उड्ने फट्यांग्रा किरा हो। एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म किराहरू हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरू दैनिक ९० माइल (१००-१५० किमी) सम्मको वायु यात्रा दुरी पार गर्न सक्छन्।

औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्दछन् र जुनको महिनामा यो बढेर १ करोड ७५ लाख सम्म पुग्ने अनुमान छ। सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ। तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर बढेको पाइन्छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस