• २०७७ कार्तिक १० गते सोमवार

कैलालीका कोरोना संक्रमितको भरतपुमा मृत्यु

कैलालीका एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। कैलाली गोदावरी नगरपालिका ५० बर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको अस्तपाल स्रोतले जानकारी दिएको छ।

क्यान्सर रोगबाट समेत पीडित रहेका उनको चितवनमा मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा पठाइएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

प्रतिक्रिया दिनुहोस