• २०७७ कार्तिक १० गते सोमवार

नेपालको जनसंख्या ३ करोड पुग्योः यस्तो छ कारण

हामी तीन करोड नेपाली भनेर नेताहरुले केही वर्षदेखि भाषण गर्दै आएको भए पनि शुक्रबारदेखि औपचारिक रुपमा नेपालको जनसंख्या तीन करोड नाघेको छ।

केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो।

अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए।

निर्देशक लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ। त्यसै अनुसार देशको जनसंख्या शुक्रबारबाट तीन करोड नाघेको छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ।

प्रतिक्रिया दिनुहोस