• २०७७ कार्तिक ६ गते बिहिवार

संयुक्त राष्ट्र संघको गाडीभित्रै गलत हर्कतको भिडियो भाइरल भएपछि…

संयुक्त राष्ट्र संघका एक अधिकारीको एक भिडियो सामाजिक सञ्जालमा खुब् चर्चा भइरहेको छ। ट्विटर र फेसबुकका प्रयोगकर्ताहरूले यस भिडियोलाई मजाकका रुपमा उडाइरहेका छन्। भिडियो चर्चामा भएपछि संयुक्त राष्ट्र संघले यस विषयमा ती अधिकारीको अनुसन्धान सुरु भएको बताएको छ।

के थियो त भिडियो – कारमा संयुक्त राष्ट्र संघको लोगो लागेको छ। यो भित्र यौन सम्बन्ध राखेको भिडियो स्पष्ट देख्न सकिन्छ। यो भिडियो इजरायलको राजधानी तेल अवीवको हो। न्यूज–१८ का रिपोर्टका अनुसार, भिडियो एक अग्लो भवनबाट बनाइएको थियो – जब कार ट्राफिक भिडमा रोकिन्छ अनि भिडियोमाअधिकारीको कार्य स्पष्ट देखिन्छ।

भिडियोमा कारको पछाडि सिटमा बसिरहेको एक जना व्यक्ति रातो लुगा लगाएको महिलासँगै देखिन्छन्। संयुक्त राष्ट्र संघको यौन व्यवहार र यौन शोषणको बिरूद्ध कडा कानून छ।

प्रतिक्रिया दिनुहोस