• २०७७ कार्तिक १३ गते बिहिवार

देशको सुरक्षा र राष्ट्रिय हितमा सम्झौता हुन सक्दैन !

नेपाल सरकारले अहिले विश्व ब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई निर्मुल पार्न, नियन्त्रण गर्नुका साथै रणनीतिक उद्देश्य, देशको हित र स्वाभीमानका लागि विदेश नीतिको भौगोलिक यात्राको व्यापक रूपमा अन्तर्राष्ट्रिय वार्ताको रूपरेखा परिभाषित गर्न सके मात्र विदेश नीति निरन्तर परिवर्तन र भारत चीनसँगको सम्बन्ध सुधार हुन सक्छ। तत्कालीन सरकारको धारणा अनुसार यसको राष्ट्रिय हितलाई राम्रोसँग समेट्न सकिन्छ।

नेपालमा राष्ट्रिय हित र स्वाभीमानको लागि विदेश नीतिको मामिलामा स्वतन्त्र भएदेखि पुरै राजनीतिक वर्ग एकमत बनेको छ। यसको प्रतिफल छोटो वा लामो दौडमा सम्भावित लाभहरू अनुसार परिवर्तन हुन सक्छ। नेपालमा प्रधानमन्त्री पद ग्रहण गरेदेखि नै विदेश नीतिको विस्तार गर्ने शैली, विधि र विस्तारमा नाटकीय परिवर्तन भएको छ। केहि मानिसहरु परिणामहरुसँग असहमत हुन सक्छ, तर परिवर्तनहरु देखिने छन्। क्षेत्रीय र आन्तरिक मामिलामा बढी प्रभाव पार्ने कोशिस गरिरहेका छिमेकी देशहरूको समर्थन लिन महत्त्वपूर्ण छ। त्यहाँ कुनै अन्य विकल्प छैन। राष्ट्रिय हितलाई ध्यानमा राखी त्यस्तो अस्थिर कूटनीति बुझिन्छ तर हाम्रो सुरक्षा र राष्ट्रिय हितमा सम्झौता हुन सक्दैन।

नेपाल सरकारलाइ विदेश नीतिको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भनेको भारत र चीन लगायत आफ्ना छिमेकी राष्हरुसँग कसरी सम्बन्ध सुधार गर्ने तर विश्वका ठूला शक्तिहरूसँगको सम्बन्ध सुधार कसरि गर्ने यो एक नेपाल सरकार चुनौति हुने छ उनीहरू आफ्नो प्रभाव प्राप्त गर्न प्रतिस्पर्धा गरिरहन्छन् र यो काम एक वा अर्को माध्यमबाट गर्न चाहान्छन्, जबकि नेपाल त्यस्तो ठूलो आकारमा आउन सक्दैन। नेपाल र भारत दुई देशबीचको घनिष्ट र रोटी बेटीको मैत्री सम्बन्धको भावनालाई मध्यनजर गर्दै ऐतिहासिक सन्धि, कागजात, तथ्य र नक्शामा आधारित सीमा मुद्दाहरूको कूटनीतिक समाधान बार्ता अनुसार प्राप्त गर्न प्रतिबद्ध हुनु पर्दछ।

भारतले पनि आफ्नो विदेश नीतिको समीक्षा गर्नु आवश्यक छ। भारतले नेपालको दिशामा आफ्नो नीति बनाउनु पर्छ। नेपालमा चीनको प्रभाव बढ्दै जाँदा भारतले आफ्नो छिमेकीमा आर्थिक शक्ति प्रदर्शन गर्नु अघि रणनीतिक नाफा नोक्सानीलाई विचार गर्नुपर्नेछ। भारत र नेपालले यो विवादलाई मैत्रीपूर्ण ढगले पारस्परिक वार्ताबाट समाधान गर्नुपर्दछ वा दुबै देशहरूकालागि उनीहरूले मैत्रीपूर्ण छाप विश्व टेबलमा छोड्नु महत्वपूर्ण कदम हुनेछ र यस कदमको सराहना सम्पूर्ण विश्वले गर्नेछ। यो चिन्ताको विषय हो कि नेपाल र भारतले सधैं दीर्घकालीन उपायहरूबाट सम्बन्ध कहिलै बिगर्ने छैन।

नेपाल–भारतबीचको सम्बन्ध र सीमा विवादको बारेमा जानकारी र यो सीमा विवाद कसरी समाधान गर्ने भन्ने बारेमा भारत नेपाल सम्बन्धको सुधारको आशा राख्छौं। नेपाल र भारतबीचको सम्बन्ध पुरानो समय देखिको हो। दुबै छिमेकी देशहरू हुन्, साथसाथै दुवै राष्ट्रहरूको धार्मिक, सांस्कृतिक, भाषिक र ऐतिहासिक स्थितिमा धेरै समानताहरू छन् अब आधुनिक समाज विकासको ऐनामा यी सम्बन्ध केलाउनुपर्ने हुन्छ ।नेपालको आन्दोलनमा भारतीय संलग्नता र नेपालमा पनि भारतीय सहयोगविना परिवर्तन गाह्रो हुने मानसिकताले भारतलाई नेपालसँगको सम्बन्धमा ठूल्दाईको भूमिका खेल्न उक्सायो। तर, यही ठूल्दाई प्रवृत्ति आधुनिक नेपाल–भारत सम्बन्धलाई सुमधुरभन्दा कटु बनाउँदै लगेको छ र अहिले त्यो सम्बन्ध झन् बिग्रदो स्थितिमा छ। भारतले नेपालमा गर्दै आएको सूक्ष्म व्यवस्थापनको प्रयत्न तुरुन्त बन्द गर्नुपर्ने हुन्छ।

विश्व नै गाउँ बन्दै गएको आजको विश्वमा छिमेकका दुई देश शंका उपशंकामा रुमलिएर दुनिया हसाउनुभन्दा नयाँ परिस्थितिमा नयाँ नीतिका साथ हातेमालो गर्दै अघि बढ्नुपर्छ। यस निम्ति ठूल्दाइु हैन जुम्ल्याहा दाजुभाइको सम्बन्ध हुनुपर्छ। आउने पुस्ता नेपाल–भारत रोटीबेटी सम्बन्धको इतिहासप्रति क्षुब्ध भए पनि वर्तमान हेरेर खुसी हुने परिस्थिति निर्माण दुई देशको सम्बन्धको पुनः व्याख्या र विकास होस्।

नेपाली प्रगतिशिल नेपाली समाज भारतका केन्द्रिय सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस