• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपाल-चीन सम्बन्ध बिग्रार्ने समाचारमा कान्तिपुरको क्षमायाचना

कान्तिपुर दैनिकले केही दिन अघि प्रकाशित एक समाचारमा क्षमायाचना गरेको छ। पछिल्लो समय नेपाल–भारत सीमा विवाद जारी रहेका बेला, फेरि नेपाल–चीन सम्बन्ध बिग्रार्ने मनसायका साथ प्रायोजित समाचार प्रकाशित गरेको भन्दै चारैतिर आलोचना भएको थियो। यो समाचार कान्तिपुरसँगै अन्नपूर्ण पोस्ट् लगायत पत्रिकाले प्रकाशित गरेका थिए।

यस्तो छ कान्तिपुर दैनिको क्षमायाचना

कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट गम्भीर तथ्यगत त्रुटि हुन गएकामा हामी क्षमायाचना गर्दछौं ।

उक्त समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको कृषि मन्त्रालयले र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको समाचार हामीले यसअघि नै प्रकाशन गरिसकेका छौं ।

कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे हामी सत्यतथ्य पत्ता लगाउन प्रयासरत छौं ।

प्रतिक्रिया दिनुहोस