• २०७७ कार्तिक ८ गते शनिवार

बालुवाटारमा पार्टीको बैठक राख्नु खुलेआम भ्रष्टाचार हो !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुलेआम भ्रष्टाचार भएको टिप्पणी गरेका छन्।

सामाजिक संजाल थापाले यसो लेखेका छन् – प्रधानमन्त्रीको सरकारी निवास,कार्यालय र त्यहाॅ रहेका सरकारी साधन श्रोतको दुरुपयोग गरि पार्टीको बैठक/ कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षागर्नु @PM_Nepal को कर्तव्य हो

प्रतिक्रिया दिनुहोस