• २०७७ कार्तिक १४ गते शुक्रवार

भ्रष्टाचारको आरोप लागेकालाई किन भारतीय दूतावास पठाइयोः भीम रावल

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले केही दिन अघि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा भारतीय दूतावास पुगेको कुरालाई जारी स्थायी कमिटी बैठकमा चासो राखेका छन्।

भ्रष्टाचारको आरोपमा मन्त्रीबाट राजीनामा दिएका मानिसलाई दूतावास पठाउनु आपत्तिजनक भएको उनले बताएका छन्।

यसबारे प्रधानमन्त्रीले केपी ओलीले स्पस्ट जवाफ दिनुपर्ने उनको तर्क छ। नेता रावलले बाँस्कोटा भारतीय दूतावास पुगेको विषयलाई गम्भीरता साथ प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस