• २०७७ कार्तिक ११ गते मङ्गलवार

चीनलाई तह लगाउन अमेरिकाले एसियामा सेना पठाउने

एसियामा चीनको बढ्दो प्रभावविरूद्ध अमेरिकाले कडा निर्णय लिएको छ। अब युरोपमा अमिरेकी सेनाको संख्या कम गर्ने र एसियामा तैनाथ गर्ने योजना बनाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पियो जानकारी दिए।

स्रोतका अनुसार अमेरिकाले जर्मनीमा रहेका ५२ हजार सेना मध्ये ९ हजार एसियामा परिचालन अनुमान गरिएको छ। अमेरिका यो कदम चाल्नुको पछाडी भारतीय स्वार्थ देखिन्छ। चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखाको नजिकै हरेका गतिबिधिले भारतलाई तनाब बनाएको छ। उता भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चिनियाँ समुन्द्रमा समेत चीनले खतराको घन्टी बजाएको छ।

अमेरिकी विदेश मन्त्री पोम्पीओले चीनबाट भारत र दक्षिण तथा पूर्व एसियालाई खतरा रूपमा लिएका छन्। एसियाली मुलुकहरुलाई बढ्दो खतरालाई ध्यानमा राखेर अमेरिकाले सेना परिचालन गर्ने निर्णय गरेको बताएका छन्। अमेरिकाले पहिलो पटक हिन्द महासागरको डियोगार्शियामा ९ हजार सेना तैनाथ गर्ने बताइएको छ। यस बाहेक ताइवानले अमेरिकी सेना राख्न अनुमति दिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस