• २०७७ कार्तिक १३ गते बिहिवार

खड्गप्रसाद ओलीको खड्गो – वरिष्ठ पत्रकार अरुण बरालको टिप्पणी

ज्योतिषशास्त्रअनुसार ‘खड्गो’ भनेको व्यक्तिको जन्मकुण्डलीमा देखिने एउटा महाविपत्ति हो, जसलाई छिचोल्न सकियो भने जीवन फेरि सहज बाटोमा अघि बढ्छ ।

यहाँ ”कम्युनिस्ट” प्रधानमन्त्री खड्गप्रसाद ओलीको जन्मकुण्डली हेर्न खोजिएको हैन । कम्युनिस्टहरु जन्मकुण्डलीमा विश्वास गर्दैनन् ।

यहाँ, प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर दुबै मोर्चामा व्यहोर्नुपरिरहेको राजनीतिक संकटबारे विश्लेषण गर्न खोजिएको छ ।

सरकार र पार्टीको शीर्षस्थानमा आसीन ओलीलाई अहिले महाविपत्ति आइलागेको छ । आफ्नै पार्टीको अन्तरविरोधको परिणामस्वरुप ओली सरकारमाथि खड्गो परेको छ ।

बुधबार बालुवाटारमा स्थायी कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफू घेराबन्दीमा परेको स्वीकार गरिसकेका छन् । बाहिरबाट त थियो नै, पार्टीभित्रैबाट पनि घेराबन्दीमा परेको प्रधानमन्त्रीको स्वीकारोक्ति छ । उनले पार्टीभित्र ‘बहुमतको खेल सुरु भयो’ भन्नुको तात्पर्य ‘आफू अल्पमतमा परें’ भन्नु हो ।

अभिमन्यु जसरी घेराबन्दीमा त परियो, अब यो संकटको घेरा कसरी छिचोल्ने ? प्रधानमन्त्रीलाई परेको मुख्य खड्गो नै यहीँनेर हो । बाँकी पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस