• २०७७ कार्तिक १२ गते बुधवार

चिनियाँ फौजले लद्दाखलाई चौतर्फी घेर्दा समेत चुपचाप छन् मोदी

पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेना प्रवेश गरेको आरोप लगाइरहँदा देपसाङ क्षेत्रमा पनि चिनियाँ सेनाले हस्तक्षेप बढाएको भारत सरकारले आरोप लगाएको छ।

भारत र चीनबीच सीमा विवादलाई लिएर तीन चरणमा आर्मी तथा मंगलबार मात्र विदेश मन्त्री स्तरीय वार्ता भएको थियो। तर, विवाद सुल्झिनुको सट्टा झन् बढेर गएको छ। चीनले लद्दाखको चारैतर्फ आफ्नो उपस्थिति बढाउँदै लगिरहेको छ।

प्रतिक्रिया दिनुहोस