महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९३ लाख पुगेको छ।
बिहिबार बिहान जोन्स हप्किन्स विश्वविद्यालय पछिल्लो तथ्यांक अनुसार हाल विश्वभर कुल ९३ लाख ९४ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४ लाख ८१ हजार ७८ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस सर्वाधिक फैलिएको देश अमेरिकामा हालसम्म २३ लाख ७८ हजार ६ सय ४८ जना संक्रमित रहेका छन्। अमेरिकामा हालसम्म कुल १ लाख २१ हजार ९ सय ३२ जनाको मृत्यु भईसकेको छ। त्यस्तै, दोस्रोमा रहेको ब्राजीलमा हालसम्म ११ लाख ८८ हजार ६६ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ब्राजीलमा हालसम्म ५३ हजार जनाको मृत्यु भईसकेको छ।