• २०७७ कार्तिक १४ गते शुक्रवार

प्रचण्डको रोइलो – आलोपालोको सहमति छाडेर गल्ती गरेछु !

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालोको सहमति छाडेर गल्ती गरेको बताएका छन्। बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेका हुन्।

 सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो नभएको उनले बताएका छन्। ‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ। तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ।’

प्रतिक्रिया दिनुहोस