• २०७७ कार्तिक १२ गते बुधवार

सिपिएलमा सन्दीप लामिछानेको मूल्य १ करोड

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ।

ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य (१ करोड ८ लाख ५७ हजार रुपैयाँ) तोकेका छन्।

ड्राफ्टका लागि ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन्।

सिपिएलका लागि २३ देशका खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस