• २०७७ कार्तिक ६ गते बिहिवार

जनता भाेकभाेकै राेडमा – राष्ट्रपतिकाे शितल निवासमा रात्रिभोज

देश काेराेना कहरमा बाँचिरहेकाे छ। लाखौं जनता बेरोजगार बनेर तनाबमा छन्। मजदुरहरु भाेकभाेकै राेडमा भाैतारिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहितका उच्च पदस्थ व्यक्तिलाई बोलाएर रात्रिभोज गर्दैछिन्।

साँझ ५ बजे आयोजना गरिएको भोजमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहित पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई पनि निम्ता गरिएको राष्ट्रपतिका कार्यालयले जानकारी दिएकाे छ।

हाे! राजनीति छलफलहरु हाेलान्। के ती वार्ता, संवाद लागि भाेजकाे नै अायाेजन गर्नुपर्थ्याे त? भाेजमा लगाउने एक पैसाे रकम भएपनि काेराेना नियन्त्रणमा लगाउँ, यस्तो अवस्था राष्ट्रपति निवासमा खाइने भाेजले जनतामा कस्तो सन्देश देला?

प्रतिक्रिया दिनुहोस