• २०७७ कार्तिक १२ गते बुधवार

विवाह गर्ने बित्तिकै नागरिकता नदिए आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र यादवले अगीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन्प्र।

तिनिधिसभाको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे।

यो मधेस आन्दोलनका क्रममा तत्कालीन मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको उनले बताए।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गरे। यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस