• २०७७ कार्तिक १२ गते बुधवार

थाइल्यान्डबाट २५ जनाको उद्धार गरी स्वदेश फर्काइयो

कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्यान्डबाट स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो।

मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ। यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको थियो ।

थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नसिपमा आएकाहरु, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका एकजना र नावालक बच्चा ६ जना रहेका छन्।

यसैगरी सिंङ्गापुरबाट नेपाल फर्किएकाहरुमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका ७ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरु ९ जना गरी ११३ जना रहेका छन्।

त्यस्तै, कम्बोडियाबाट फर्किएकाहरुमध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरु-२ जना गरी ३३ जना रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस