• २०७७ कार्तिक १३ गते बिहिवार

नेपाल टेक्न पाउँदा दंग हिमानी, थाइल्याण्डबाट तीन महिनापछि फर्किइन्

पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज स्वदेश फर्केकी छन्। बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन्।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो। सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन्।

लकडाउनको केही समय अगाडि छोरीहरु भेट्न छोरासहित थाइल्याण्ड गएकी हिमानी उतै अड्किएकी थिइन्। मंगलबार छोरा हृदयेन्द्रका साथ हिमानी नेपाल फिरेकी हुन्।

हिमानीका छोरीहरु अहिले उच्चशिक्षाका लागि थाइल्याण्डमा छन्। लकडाउनमा हिमानीलाई छोरीहरुसँग टिकटक बनाउँदै गरेको पनि देखिएको थियो।

प्रतिक्रिया दिनुहोस