• २०७७ कार्तिक ४ गते मङ्गलवार

पूर्वी लद्दाखबाट पछि हट्ने तयारीमा भारत, मोदीलाई तनाबै–तनाब

भारत र चीनले विवादित सीमा क्षेत्रबाट आ-आफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेको भारतीय संचारमाध्यमले बताएका छन्।

पूर्वी लद्दाखको गलवान उपत्यकामा केही दिन अघि झडप भएपछि वार्तामा दुवै पक्ष सक्रिए थिए। वार्ताका लागि भारतले निरन्तर प्रयास थालेपनि चिनियाँ पक्षलेले झुलाई रहेको बताइन्छ। भारतले कुनैपनि हालतमा वार्ता चाहेको छ।

२० सेना मरेपछि आर्कोषित हुदै लड्ने, भिड्ने कुरा गर्ने भारत पछिल्लो समय चिनियाँ सेना पछि हटे आफुहरु पनि हट्ने तर्क गर्न थालेको स्रोतको दाबी छ। सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई पतिपक्षको समेत दरिलो साथ छैन। यसकारण पनि मोदी जति सक्दो चाडो वार्ता नै चाहान्छन्।

प्रतिक्रिया दिनुहोस