• २०७७ कार्तिक ९ गते आइतवार

बाबा रामदेवले बनाए कोरोनाबाट निको हुने आयुर्वेदिक औषधि !

बाबा रामदेवले मंगलबार कोरोना भाइरस (कोभिड–१९) को आयुर्वेदिक औषधि कोरोनिलको बनाएको दाबी गरेका छन्। आफुहरुले तयार पारेको कोरोनिल ट्याब्लेटले कोरोना संक्रमितहरु निको हुने उनको भनाई।

सय ब्यक्तिहरुमा कोरोनिल परिक्षण गरिएको बताइएको छ। परिक्षणपछि सबै बिरामी निको भएको बाबा रामदेवले दाबी गरे। आयुर्वेदिक कोरोनाबिरुद्धको औषधि दुई पटक प्रयोग गरिएको छ।

पतन्जलि रिर्सच सेन्टर र निम्समार्फत प्रोफेसर बलबीर सिंह तोमर र आचार्य बालकृष्णको संयुक्त प्रयासमा कोरोनाबाट निको हुने औषधि तयार पारिएको बाबा रामदेवले जानकारी दिए। कोरोना त्रासका बीच देश र विश्वले प्रतिक्षा गरिरहेको कोरोनाबाट निको हुने आयुर्वेदिक औषधि कोरोनिल बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस