• २०७७ कार्तिक १२ गते बुधवार

नेपालले गण्डक बाँधको मर्मत रोकिदियो, बिहार डुब्ने त्रासले भारतमा खैलाबैला

नेपालले गण्डक बाँधको मर्मत रोकिदिएको छ । भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा क्षेत्रमा बिहारको पूर्वी चम्पारणको ढाका अनुमंडलमा लालबकेया नदीमा रहेको बाँध पुनर्निर्माण गर्न खोजेको थियो । तर, नेपालले यसले नेपाली षेत्र बाढीका कारण डुबानमा पर्ने भन्दै मर्मतको अनुमति दिएन ।

बिहारका जल संसाधन मन्त्री कुमार झाले भने यो क्षेत्र ‘नो मेन्स ल्याण्ड’मा पर्ने दावी गरेका छन् जबकि त्यो वास्तविकता होइन । यो बाँधका कारण विगतका वर्षहरुमा नेपालका बस्ती डुबानमा पर्ने गरेका थिए । अहिले नेपालले पुनर्निमाण रोकिदिएपछि बिहार बाढीले डुब्ने भन्दै बिहारमा आतंक फैलिएको छ ।

गण्डक बाँधका ३६ ढोका छन् । यीमध्ये १८ वटा नेपालमा छन् । भारतले आफूतर्फका ढोकासम्मको बाँध मर्मत गरिसकेको छ । नेपालतर्फका १८ औं देखि ३६ औं ढोकासम्म बनेको बाँधको मर्मत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस