• २०७७ कार्तिक ४ गते मङ्गलवार

काेराेनाले जन्माइरहेकाे PUBG महामारी

काेराेनाकाे विभीषिका कायम छ । यसबाट त्राण पाउन सरकारलाई हगूँ कि मुतूँ भइरहेकाे छ । असाधारण भवितव्यकाे पूर्व व्यवस्थापन कसैले गर्न सक्दैन । क्वारेन्टाइन, आइसाेलेसन , पीसीआर टेस्ट , स्यानिटाइजर जस्ता शब्दावली हामीलाई काेराेनाले दिएका नयाँ काेसेली हुन् । सरकार सधैँ कमजाेर हुनु हाम्राे दुर्नियति हाे । नभनाैँ -याे सरकार मात्रै स्खलित भएकाे छ । भूपू सरकारका आलस्य-तन्द्रा र मैमत्तता पनि हाम्रा मुटुमा किलाझैँ गढेका छन् । समयले विगतलाई विस्मृतिमा गाडिदिन्छ । घाउ सधैँ आलाे रहँदैन । याे देशमा ससाना विपत्तिका पराकम्प आइरहेका हुन्छन् । भूकम्प-बाढीपहिराे ,अतिवृष्टिले दुनियाँदारीका घरमा भयानक सन्त्रास घाेप्ट्याउँदा विगतका ख्वामितहरूका अनुहारमा लाचारीका यस्तै छाया देखिएकै हाे । याे सरकारले कम्तीमा पनि कालापानी चिनाएकाे छ, लिम्पिया-लिपुलेकसित भावनात्मक साइनाे जाेडिदिएकाे छ , भारतसित आँखा जुधाउने साहस गरेकाे छ र नागरिकतालाई फाेटाेकपीकाे पाना सरह बेच्ने धन्दालाई थाेरै बल्छी लगाएकाे छ । यसलाई इन्द्रजाल देखाउने मास्टरले क्षणिक विस्मय पैदा गराएर दर्शकबाट थपडी पिटाउने र सहानुभूतिकाे खजाना लुट्ने पेसा बनाएन भने सरकारका कृत्य अपूर्व र स्तुत्य नै मान्न सकिनेछ ।

सबैका दुखेसा छन् यहाँ । काेराेनाले अनिश्चय पैदा गरेकाे छ । निराशा भरिदिएकाे छ । जीवन सार्थक कि व्यर्थ ? काे भुलभुलैयामा धकेलिदिएकाे छ । बाँच्नु मात्रै जिन्दगीकाे नाम हैन भन्ने कर्मवादी दर्शन अहिले बाँच्न पाउनु नै अहाेभाग्य बन्न पुगेकाे छ । घरलाई बाेझ ठानेर टाढाकाे झिलिमिलीमा रत्तिएकाहरू आज आफ्नै पिँढीमा सास छाेड्न दाैडिएका छन् । घरमै बसेकाहरूकाे दैनिकीमा हलाे अड्किएकाे छ । राेजगारीमा चट्याङ खसेकाे छ, व्यापारमा तुसारापात भएकाे छ, कुटेखेलाेमा पहिराे गएकाे छ । लाग्छ, याे महामारी अनन्त छ र यसकाे समाधान मान्छेका हातबाट फुत्किएर कुनै अदृश्यशक्तिकाे पाेल्टामा गएकाे छ ।

सायद मान्छे यति निरीह कहिल्यै भएन । संसारकै बाहुबली मान्छे हातखुट्टा छाडेर लम्पसार देखिँदा उसका आजसम्मका पुरुषार्थ कागजका पुडियामा अनुवादित भएका छन् । उसका विज्ञानी सफलता कालाे साैदामिनीमा मिलिक्क गर्ने किञ्चित् विद्युत् झिल्काभन्दा ज्यादा रहेनछन् काे प्रतीति भएकाे छ ।

खानुलाई ठूलाे समस्या मान्नु मान्छेकाे कायरता हाे । यी जिन्दगीका अहं सबाल हाेइनन् – यदि मान्छेले उसकाे निसर्ग स्वभाव र सञ्चयकाे अर्काे महामारीबाट आफूलाई मुक्त राख्दछ भने । किनकि यहाँ मनुष्यभन्दा खरबाैँ सङ्ख्यामा अन्य कृमी-सरिसृप, नभ-स्थल-जलचरी जीवात्मा सञ्चयबिना अस्तित्वमान छन् । बुद्धि र सभ्यताकाे भागादाैडमा विलासिताका अन्वेषणबाट अतिरेक भाेगाकाङ्क्षा , हैकम र सम्पत्ति सङ्ग्रहले फणा उठाउँदा मान्छेमा हन्तकालीपन प्रादुर्भाव भएकाे हाे । श्रम,उत्पादन र वितरण प्रणालीकाे गज्याङमज्याङ नै आजकाे अस्तव्यस्तताकाे परिणति हाे , त्यसलाई सही राजपथमा ल्याउन सत्ताका महिषासुर नै गतिलाे दृष्टान्त बन्नुपर्दछ ।

काेराेनाकाे सबैभन्दा ठूलाे क्षति यतिखेर बालबालिकाकाे संस्कार र तिनकाे दीक्षामा परेकाे छ । मानवीय शीलमा आउने गिरावट र भविष्यप्रतिकाे दृष्टिविहीनता भयानक महङ्गाे हुन जान्छ । देशभरिका शिक्षालय भूतबङ्गला बनेका छन् अहिले । याे बेला शिक्षालय खाेल्नु सल्किएकाे काँटीमा नेपाल ग्याँसकाे सिलिन्डर खुल्ला छाेडिदिनु हाे । त्यही शिक्षालयमा गुरुवर्ग र साथीसँगीबाट हासिल गरिने विविध प्रकारका ज्ञान-सीप र अभिवृत्तिका सङ्कायहरू भत्किनाले बालबालिकाहरू काेठाभित्र बन्दी छन् । यिनकाे किताब पढ्ने बानी मरिसकेकाे छ , गृहकार्यकाे रणनीतिले तिनकाे मस्तिष्कमा विवेचनात्मक व्यायाम दिन्थ्याे, त्यसमा पार्किन्सन लागिसकेकाे छ । यदाकदा गाउँघरका परिवेशमा तिनकाे आवागमनले सामाजिकीकरणकाे तालिम मिल्दथ्याे, त्याे पनि भुत्ते भइसकेकाे छ । प्रविधिकाे नशाभित्र यिनीहरू यसरी मदहाेस भएका छन् कि तिनलाई आँखा झिम्काउने अवकास छैन । माेबाइल, ल्यापटपजस्ता यी निर्जीव खाेलभित्र पसेर यिनी आफै स्थावर -जड भइसकेका छन् । सस्ताे मनाेरञ्जन, आतङ्की सिनेमा र हत्यापूर्ण खेलमा आफूलाई संलग्न बनाएर विचार- विवेककाे आफै कातिल बन्दै जिन्दगीलाई हेला गरिरहेका छन् । संगतबाट दाेष र गुणकाे प्रवर्तन हुन्छ । यन्त्रकाे निकटतामा मान्छेका धमनी र मस्तिष्कका तन्तु पनि यान्त्रिक हुनु अनाैठाे हाेइन ।

संवेगात्मक र हार्दिक बन्नु मानवीय हुनु हुनु हाे तर यिनीहरू मान्छेकाे कित्ताबाट धेरै टाढा जाँदै छन् । एकजना ठिटाेलाई कुनै दिन मैले साेधेकाे थिएँ – भाेलिकाे जीवनकाे बारेमा तिम्राे चिन्तन के हाे ?” उसले निर्धक्क भनेकाे थियाे -” PUBG खेलेर पैसा कमाउने ।” अर्कालाई उसै गरी साेध्दा भनेकाे थियाे -” YOU TUBE मा भिडियाे बनाएर पैसा कमाउने ।” उनीहरूकाे भनाइ सुन्दा लाग्थ्याे , पैसा कमाउनु भनेकाे बजारबाट रसगुल्ला किनेर खाएसरि हाे । त्यही पैसा कमाउन मान्छे रातदिन हाडछाला र बुद्धि घाेट्छ, त्यही पैसा कमाउन मान्छे आफ्ना बाबुआमा छाडेर बिरानाे मुलुकमा हाम फाल्छ, त्यही पैसा कमाउन काेही लाखाैँ लगानी गरेर खाेज-अनुसन्धान र तालिम प्राप्त गर्दछ र जीवनकाे अन्त्यमा कयाैँ मान्छेलाई आहारिसे बनाएर थाेरै पैसा कमाउँछ । तर आजका बच्चा कति स्वतस्फूर्त रूपमा भनिदिन्छन् कि -” माेबाइलमा टाउकाे घाेप्ट्याएर पैसा कमाइन्छ ।” जुन विद्यार्थीकाे शिर माेबाइलका घटिया खेल र सस्ता मनाेरञ्जनका संस्करणले ठाढाे उठ्न सकेकाे देखिँदैन, जसलाई समाज थाहा छैन, जसलाई बाबुआमाकाे फाटेकाे पैताला र सन्तानकाे वात्सल्यकाे शीतलता बाेध छैन, जसलाई सिर्जना र अन्धानुकरणकाे भेद थाहा छैन, जसलाई पसिनाकाे दुर्गन्धभित्रै कुसुमका सुरभिकाे प्रसवन हुन्छ भन्ने ख्याल छैन, तिनबाट धनदाैलतकाे आविष्कार हैन, परिवारमा घना विषाद उत्पन्न हुन्छ, समाजमा अर्काे महामारी पैदा हुन्छ ।

लाग्छ – याे युगलाई कुनै घातक ग्रहकाे छाया परेकाे छ । प्रविधि र इन्टरनेटकाे समागमले आजकाे पुस्तालाई कठपुतली बनाएकाे छ , दिमागमा चिटचिटाहटकाे विष भरिदिएकाे छ, भावुकता र काेमलता नष्ट गरिदिएकाे छ । सम्बन्धका फाँटमा क्षयका कीटाणु हालिदिएकाे छ, अन्तर्दृष्टिका नसामा बहने तरलता सुकाइदिएकाे छ र जीवन नामक याे अस्तित्वलाई खेँलाचीकाे गट्टा खेल बनाइदिएकाे छ । किनभने काेराेना एउटा गजबकाे उर्वर माैसम बनेकाे छ । प्रविधि अर्काे प्रियतम उपहार बनेकाे छ । हामी अभिभावक आफ्नै उकाली र ओरालीमा जिन्दगीकाे भारी बाेकेर आफै लखतरान छाैँ , आफ्नै दर्दमा सास फेर्न नसकिरहँदा छेउँकाे जिन्दा छ कि मृत छ थाहा पाउने हाम्राे इन्द्रियसंवेद्यता समेत मूर्च्छित छ । प्राैढहरूकाे प्रविधि अज्ञान,वयस्कहरूकाे वैदेशिक माेह ,किशाेरकिशाेरीकाे याे ऐकान्तिक अन्धकारकाे खेल अनि देश बनाउनेहरू नै देशका दुस्मन बनेकाे समयमा अब माथि हात फैलाएर पुकारा गर्न बाँकी छ – बचाऊ परमेश्वर ! परमेष्ठी ! याे समयकाे डरलाग्दाे असभ्यतालाई ।

प्रतिक्रिया दिनुहोस