• २०७७ कार्तिक ४ गते मङ्गलवार

हिन्दूजनको पवित्र तीर्थस्थल कैलाश मानसरोवर (यस्तो छ रहस्य)

कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैला पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ । कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ ।

मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ । त्यसैले पनि जीवनमा एकपटक कैलाश मान सरोवरमा जानैपर्ने हिन्दूहरुको धार्मिक मान्यता रहेको छ

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । तथा हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल । पोखरीले घेरिएको कैलाश पर्वत्को महत्व यसले झनै बढाएको छ ।
प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व झनै बढेर गएको छ ।

चार धर्मको तीर्थस्थल
कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाईलामा कैलाशको यात्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस